पोखरा । पोखरामा मंगलबार ठेलो (छेलो) प्रतियोगिता हुने भएको छ ।
प्रदेश सरकार स्थापनाको अवसरमा प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा फागुन ३ गते पोखरामा खुला ठेलो (छेलो) प्रतियोगिता आयोजना हुन लागेको हो ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले परम्परागत खेललाई जर्गेना गर्ने उद्देश्य अनुरुप प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनले आगामी दिनमा अन्य परम्परागत खेलहरुलाई पनि प्रवद्र्धन गर्दै लैजाने बताए ।
खेलमा पुरुषतर्फ सानो र ठूलो तथा महिलातर्फ सानो गरी ३ इभेन्टमा प्रतियोगिता हुनेछ । हरेक इभेन्टमा प्रथम पुरस्कार २०÷२० हजार, द्धितिय १०÷१० हजार र तृतिय पुरस्कार ५÷५ हजार रहेको छ । खेल पोखरा रंगशालास्थित भलिबल खेल मैदानमा आयोजना हुने छ ।
अब हुने नवौं राष्ट्रिय खेलकुदमा पनि छेलो(ठेलो) खेललाई प्रतियोगितामा समावेश गराइने सदस्य सचिव गुरुङले बताए । प्रतियोगितामा ७० देखि ८० जना खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगितामा कास्की जिल्लाबाट सहभागि हुने खेलाडीका लागि १ सय रुपैयाँ दस्तुर रहेको छ भने बाहिरी जिल्लाबाट सहभागि हुने खेलाडीका लागि भने दर्ता शुल्क निशुल्क रहेको छ ।