काठमाडौं । टी–टेन स्पोर्टस र भाटभटेनी होल्डिङ कम्पनीले नेपाल सुपर लिग (एनएसएल) मा सहभागी क्लबहरुले प्रयोग गर्ने सामाग्रीको खुद्रा बिक्रीका लागि सम्झौता गरेका छन् ।
टी–टेन स्पोर्टसका संस्थापक तथा प्रवन्ध निर्देशक विनित अग्रवाल र भाटभटेनी होल्डिङका प्रवन्ध निर्देशक पवन कुमार सराफले बिक्रीवितरणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उनीहरुले खेलकुद सामाग्री बिक्रीवितरणका लागि एनएसएलको नयाँ संस्करणमा सहभागिता जनाउने ललितपुर सिटी फुटबल क्लबसँग सम्झौता गरिसकेका छन् ।
भाटभटेनी र टी–टेनले क्लबका सामाग्रीहरु उत्पादन मात्र नगरी टी–टेनसँग सम्बन्धित सबै क्लबले प्रयोग गर्ने सामाग्रीहरु भाटभटेनी सुपरमार्केटका सबै स्थानबाट खुद्रा बिक्री गर्ने लक्ष्य राखेका छन् ।
टी–टेनले सहिद स्मारक ए डिभिजन लिगमा सहभागी सातदोबाटो युवा क्लब र मछिन्द्र फुटबल क्लबलाई समेत प्रायोजन गरेको छ ।