काठमाडौं । बेइजिङ विन्टर ओलम्पिकमा जर्मनी पदको तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ ।
जर्मनीले ८ स्वर्ण, ५ रजत र १ कास्य सहित पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
नर्वेले पनि ८ स्वर्ण जित्दा ३ रजत र ६ कास्य पदक हात पारेको छ ।
अमेरिकाले ५ स्वर्ण, ५ रजत र १ कास्य तथा नेदरल्यान्ड्सले ५ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेका छन् ।
पाँचौ स्थानमा रहेको स्वीडेनले ५ स्वर्ण, २ रजत र ३ कास्य हात पार्दा अष्ट्रीयाले ४ स्वर्ण, ६ रजत र ४ कास्य जितेको छ ।
आयोजन चीनले ४ स्वर्ण, ३ रजत र १ कास्यसहित जम्मा ८ पदक हात पारेको छ ।
रुस ओलम्पिक कमिटिले ३ स्वर्ण, ४ रजत र ६ कास्य, इटालीले २ स्वर्ण, ५ रजत र ४ कास्य जितेका छन् ।
जापानले २ स्वर्ण, ३ रजत ५ कास्य, स्लोभेनियाले २ स्वर्ण, १ रजत र २ कास्य तथा स्वीट्जरल्यान्डले २ स्वर्ण र ५ कास्य हात पारेका छन् ।
फ्रान्सले १ स्वर्ण, ६ रजत, क्यानाडाले १ स्वर्ण, ४ रजत र ८ कास्य तथा अष्ट्रेलिया र दक्षिण कोरियाले समान १ स्वर्ण, २ रजत र १ कास्य जितेका छन् ।
फिनल्यान्डले १ स्वर्ण, १ रजत र २ कास्य, चेक रिपब्लीकले १ स्वर्ण र १ कास्य तथा न्यूजिल्यान्ड र स्लाभोकियाले समान १ स्वर्ण प्राप्त गरेका छन् ।
बेलारुस र स्पेनले समान १ रजत तथा हंगेरीले २ कास्य जितेका छन् ।
बेल्जीयम, लाट्भीया र पोल्यान्डले समान १ कास्यमा चित्त बुझाएका छन् ।