काठमाडौं । इन्टरनेशलन टेस्टीङ एजेन्सीले रुसकी फिगर स्केटर कामिला भालिएभा गत डिसेम्बरमा लागूुपदार्थको परिक्षणमा असफल भएको पुष्टि गरेको छ ।
१५ वर्षीया कामिलाले रुस ओलम्पिक कमिटिलाई गत सोमबार टिम फिगर स्केटिङमा स्वर्ण पदक दिलाएकी थिईन् ।
तर कानूनी मुद्दाका कारण पदक वितरण भने गरिएको छैन ।
रुसी एन्टी डोपिङ एजेन्सीले उनीमाथिको प्रतिबन्ध फुकुवा गर्दै बेइजिङ विन्टर ओलम्पिकमा सहभागिताका लागि सहमति दिएको थियो ।
तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले भने त्यसविरुद्ध अपिल गरेको छ ।
कामिलाको रुसी फिगर स्केटिङ च्याम्पियनसिपका दौरान क्रिसमसको दिनमा परिक्षण गरिएको थियो ।
कामिलाको स्याम्पल वल्ड एन्टी डोपिङ एजेसन्सीलाई पठाइएको थियो जसले नतिजा भने फेब्रुअरी ८ तारिखमा मात्र आएको थियो ।
जबकी त्योबेलासम्म उनले स्वर्ण पदक जितिसकेकी थिईन् । तर पदक वितरण समारोह भने भएको थिएन ।
कोर्ट अफ आर्विटे«सन फर स्पोर्टले फेबु्रअरी १५ बाट उक्त मुद्दाको सुनुवाई थाल्ने छ ।
कामिलाले प्रतिस्पर्धा गरेको विधामा अमेरिका दोस्रो, जापान तेस्रो तथा क्यानाडा चौथों भएका थिए ।