काठमाडौं । बेइजिङ विन्टर ओलम्पिकमा जर्मनीले पदक तालिकामा आफ्नो अग्रता कायमै राखेको छ ।
जर्मनीले हालसम्म सर्वाधिक ६ स्वर्ण सहित ३ रजत पदक प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नर्वेले भने ५ स्वर्ण, ३ रजत र ४ कास्य जितेको छ ।
तेस्रो स्थानमा उक्लिएको अष्ट्रीयाले ४ स्वर्ण, ५ रजत र ४ कास्य हासिल गरेको छ ।
अमेरिकाले ४ स्वर्ण, ५ रजत र १ कास्य तथा नेदरल्यान्ड्सले ४ स्वर्ण, ३ रजत र १ कास्य हात पारेका छन् ।
स्वीडेनले ४ स्वर्ण, १ रजत र २ कास्य जितेको छ ।
आयोजक चीनले भने समान ३ स्वर्ण र ३ रजत सहित सातौं स्थानमा झरेको छ ।
इटालीले २ स्वर्ण, ४ रजत र २ कास्य तथा रुस ओलम्पिक कमिटिले २ स्वर्ण, ३ रजत र ६ कास्य पदक प्राप्त गरेका छन् ।
जापानले २ स्वर्ण, २ रजत र ४ कास्य जित्दा स्लोभेनियाले २ स्वर्ण, १ रजत र २ कास्य जितेको छ ।
फ्रान्सले १ स्वर्ण र ५ रजत, क्यानाडाले १ स्वर्ण, ४ रजत र ७ कास्य तथा अष्ट्रेलियाले समान १ स्वर्ण, १ रजत र १ कास्य हात पारेका छन् ।
स्वीट्जरल्यान्डले १ स्वर्ण र ४ कास्य जितेको छ भने चेक रिपब्लीक र दक्षिण कोरियाले समान १ स्वर्ण र १ कास्य प्राप्त गरेका छन् ।
न्यूजिल्यान्ड र स्लोभाकियाले समान १ स्वर्ण प्राप्त गरेका छन् ।
फिनल्यान्डले १ रजत र २ कास्य तथा बेलारुस र स्पेनले समान १ रजत पदक हात पार्न सफल भएका छन् ।
हंगेरीले २ कास्य तथा लाट्भिया र पोल्यान्डले समान १ कास्य जितेका छन् ।