काठमाडौं । बेइजिङ विन्टर ओलम्पिक अन्तर्गत जर्मन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
जर्मनीले सर्वाधिक ५ स्वर्ण र ३ रजत पदक हात पारेको छ ।
दोस्रो स्थानमा झरेको नर्वेले भने ४ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ ।
स्वीडेनले ४ स्वर्ण, १ रजत र २ कास्य जित्दा नेदरल्यान्ड्सले समान ३ स्वर्ण, ३ रजत र १ कास्य हात पारेको छ ।
आयोजक चीनले ३ स्वर्ण र २ रजत पदक प्राप्त गरेको छ ।
अमेरिकाले २ स्वर्ण, ५ रजत र १ कास्य तथा अष्ट्रीयाले २ स्वर्ण, ४ रजत र ४ कास्य जितेका छन् ।
इटालीले २ स्वर्ण, ४ रजत र १ कास्य जित्दा रुस ओलम्पिक कमिटिले २ स्वर्ण, ३ रजत र ६ कास्य हात पारेका छन् ।
स्लोभेनियाले २ स्वर्ण, १ रजत र २ कास्य, फ्रान्सले १ स्वर्ण र ५ रजत तथा क्यानाडाले १ स्वर्ण, २ रजत र ५ कास्य जितेका छन् ।
जापानले १ स्वर्ण, १ रजत र ३ कास्य, स्वीट्जरल्यान्डले १ स्वर्ण र ३ कास्य हात पार्दा अष्ट्रेलिया र दक्षिण कोरियाले समान १ स्वर्ण र १ कास्य प्राप्त गरेका छन् ।
चेक रिपब्लीक, न्यूजिल्यान्ड र स्लोभाकियाले समान १ स्वर्ण जितेका छन् ।
बेलारुस र स्पेनले समान १ रजत पदक हात पारेका छन् ।
हंगेरीले दुई कास्य तथा फिनल्यान्ड र पोल्यान्डले समान १ कास्य प्राप्त गरेका छन् ।