काठमाडौं । नर्वे बेईजिङ विन्टर ओलम्पिकको पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
नर्वेले चार स्वर्ण, एक रजत र चार कास्य सहित कुल ९ पदक जितेको छ ।
स्वीडेनले पनि चार स्वर्ण, एक रजत र दुई कास्य जित्दै पदक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
नेदरल्यान्ड्स तीन स्वर्ण, तीन रजत र एक कास्य सहित तेस्रो स्थानमा रहेको छ ।
आयोजक चीन भने चौथौं स्थानमा झरेको छ । जर्मनी पनि चौथों स्थानमा रहेको छ ।
चीन र जर्मनीले समान तीन–तीन स्वर्ण र दुई–दुई रजत हात पारेका छन् ।
इटालीले दुई स्वर्ण, चार रजत र एक कास्य जित्दा रुस ओलम्पिक कमिटिले दुई स्वर्ण, तीन रजत र पाँच कास्य जित्न सफल भएका छन् ।
अष्ट्रीयाले दुई स्वर्ण, तीन रजत र दुई कास्य तथा फ्रान्सले एक स्वर्ण र चार रजत प्राप्त गरेका छन् ।
क्यानाडाले एक स्वर्ण, एक रजत चार कास्य हात पारेको छ ।
जापानले एक स्वर्ण, एक रजत र दुई कास्य जितेको छ भने स्वीट्जरल्यान्डले एक स्वर्ण र दुई कास्य प्राप्त गरेको छ ।
अष्ट्रेलियाले एक स्वर्ण र एक कास्य जित्दा चेक रिपब्लीक र न्यूजिल्यान्डले समान एक–एक स्वर्ण हात पारेका छन् ।
अमेरिकाले पाँच रजत र एक कास्य तथा बेलारुसले एक रजत जितेका छन् ।
हंगेरीले दुई कास्य हात पार्दा फिनल्यान्ड, दक्षिण कोरिया र पोल्यान्डले समान एक–एक कास्य प्राप्त गरेका छन् ।