काठमाडौं । बेईजिङ विन्टर ओलम्पिक अन्तर्गत मंगलबारसम्म ३२ जना खेलाडी आइसोलेसनमा रहेका छन् ।
आयोजक चीनका अनुसार कोभिड–१९ पोजेटिभ देखिएपछि ३२ जनालाई आइसोलेसनमा राखिएको जनाएको छ ।
अधिकांश खेलाडीहरुलाई सात दिनसम्म आइसोलेसनमा राख्ने गरिएको छ ।
हालसम्म ५० जना खेलाडी आइसोलेसनबाट बाहिर निस्किसकेका छन् ।
खेलाडीहरुको दैनिक कोभिड परिक्षण भइरहेको तथा रिर्पोट नेगेटिभ नआएसम्म आइसोलेसनमा राखिने गरिएको छ ।
तर आइसोलेसनमा रहेका खेलाडीहरुले स्वच्छ खाना नपाएको, कोठामा सफाईको कमी भएको तथा अभ्यास सामाग्रीको कमी भएको गुनासो गरेका छन् ।
विन्टर ओलम्पिकका लागि बाहिरबाट चीनमा १२ हजार ८ सय मानिस आएका छन् ।