काठमाडौं । बेइजिङ विन्टर ओलम्पिक अन्तर्गत आयोजक चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
चीनले तीन स्वर्ण र दुई रजत पदक हात पारेको हो ।
स्वीडेनले पनि तीन स्वर्ण पदक जितेको छ ।
रुस ओलम्पिक कमिटिले दुई स्वर्ण, तीन रजत र दुई कास्य पदक हात पारेको छ ।
नेदरल्यान्ड्सले समान दुई स्वर्ण र दुई रजत तथा एक कास्य जितेको छ ।
जर्मनीले दुई स्वर्ण र एक रजत पदक प्राप्त गर्न सफल भएको छ ।
नर्वेले भने दुई स्वर्ण र तीन कास्य प्राप्त गरेको छ ।
स्लोभेनियाले दुई स्वर्ण र एक कास्य जितेको छ ।
इटालीले एक स्वर्ण, तीन रजत र एक कास्य हात पारेको छ ।
अष्ट्रीयाले एक स्वर्ण तथा दुई रजत र दुई कास्य प्राप्त गरेको छ ।
क्यानाडाले एक स्वर्ण, एक रजत र चार कास्य जितेको छ ।
जापानले एक स्वर्ण, एक रजत र दुई कास्यमा चित्त बुझाएको छ ।
स्वीट्जरल्यान्ड एक स्वर्ण र दुई कास्य प्राप्त गरेको छ ।
अष्ट्रेलियाले एक स्वर्ण र एक कास्य हात पारेको छ ।
न्यूजिल्यान्डले केवल एक स्वर्ण जितेको छ ।
फ्रान्स र अमेरिकाले समान चार–चार रजत पदक जितेका छन् ।
हंगेरीले दुई कास्य तथा फिनल्यान्ड र पोल्यान्डले एक–एक कास्य जितेका छन् ।