काठमाडौं । बेइजिङ विन्टर ओलम्पिक अन्तर्गत क्यानाडाले पहिलो स्वर्ण हात पारेको छ ।
क्यानाडाले सोमबार पुरुषको स्नोवोर्ड स्लोपस्टाइल अन्तर्गत स्वर्ण जितेको हो ।
म्याक्स प्यारोटले क्यानाडालाई स्वर्ण दिएका हुन् ।
दक्षिण कोरियामा चार वर्ष अघि भएको ओलम्पिकमा रजत पदक जितेका प्यारोटले भने क्यानाडालाई स्वर्ण दिलाउन सफल भए ।
चीनका १९ वर्षीय सु यिमिङले रजत हात पारे ।
क्यानाडाकै मार्क माईकमोरिसले कास्य जिते ।
यससँगै क्यानाडाले एक स्वर्ण, एक रजत र दुई कास्य जित्न सफल भएको छ ।