काठमाडौं । रुस अर्थात रुस ओलम्पिक कमिटी (आरओसी) ले वेइजिङ विन्टर ओलम्पिकमा पहिलो स्वर्ण जितेको छ ।
आईतबार अलेक्जेन्डर बोल्सुनोभले आरओसीका लागि पहिलो स्वर्ण हात पारेका हुन् ।
अलेक्जेन्डरले पुरुषतर्फको १५÷१५ किलोमिटर स्कायाथलनको स्वर्ण पदक हात पारे ।
सन् २०१८ मा दक्षिण कोरियामा भएको विन्टर ओलम्पिकमा तीन रजत र एक कास्य हात पारेका अलेक्जेन्डरले पहिलो स्वर्ण जितेका हुन् ।
अलेक्जेन्डरले एक घण्टा १६ मिनेट तथा ९.८ सेकेन्डमा स्वर्ण जित्न सफल भए ।
आरओसीकै डेनिस स्पीटसोभ भने १ मिनेट तथा ११ सेकेन्ड ढिलो हुदै रजत तथा फिनल्यान्डका लिभो निस्कनेनले १ घण्टा १८ मिनेट र १० सेकेन्डमा कास्य हात पारे ।