काठमाडौं । न्यूजिल्यान्डले इतिहासमै पहिलो पटक विन्टर ओलम्पिकको स्वर्ण हात पार्न सफल भएको छ ।
बेइजिङ विन्टर ओलम्पिक अन्तर्गत २० वर्षीया स्नोवोर्डर जोई साडोवस्की–साइनटले न्यूजिल्यान्डका लागि पहिलो स्वर्ण पदक जितेकी हुन् ।
जोईले महिलाको स्नोवोर्ड स्लोपस्टाइलको फाइनलमा आईतबार स्वर्ण हात पार्न सफल भईन् ।
यस अघि जोईले सन् २०१८ मा दक्षिण कोरियामा भएको प्योङचाङ ओलम्पिकमा १६ वर्षकै उमेरमा कास्य जितेकी थिईन् ।
जोईले जितेको स्वर्ण पदक न्यूजिल्यान्डका लागि विन्टर ओलम्पिकको चौथौं पदक हो ।
न्यूजिल्यान्डले ओस्लोमा सन् १९५२ मा भएको विन्टर ओलम्पिकमा पहिलो पटक सहभागिता जनाएको थियो भने पहिलो पदकको रुपमा रजत सन् १९९२ मा जितेको थियो ।
ऐतिहासिक उपलब्धिका लागि न्यूजिल्यान्डको उपप्रधान तथा खेलकुद मन्त्री ग्रान्ड रोवर्टसनले जोईलाई बधाई दिए ।