काठमाडौं । बेइजिङमा जारी विन्टर ओलम्पिक अन्तर्गत पहिलो दिन शनिबार नर्वेले सर्वाधिक दुई स्वर्ण पदक जितेको छ ।
नर्वेले सर्वाधिक दुई स्वर्ण जित्दै पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यता स्लोभेनियाले एक स्वर्ण र एक कास्य सहित दुई पदक हात पारेको छ ।
आयोजक चीन, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड र स्वीडेनले समान एक–एक स्वर्ण पदक हात पारेका छन् ।
इटालीले भने दुई रजत पदक जितेको छ ।
क्यानाडा र रुसले समान एक रजत र एक कास्य पदक हात पारेका छन् ।
जर्मनी, अमेरिका र फ्रान्सले भने एक–एक रजत पदक जितेका छन् ।
अष्ट्रेलिया, अष्ट्रीया, हंगेरी र जापानले पहिलो दिन एक–एक कास्य पदकमा चित्त बुझाए ।