काठमाडौं । प्रधानन्त्री शेरबहादुर देउवाले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग भेटवार्ता गरेका छन् ।
प्रधानन्त्री देउवाले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मुख्य प्रशिक्षक अलमुताइरीसँग भेट गरेका हुन् ।
भेटमा नेपाली फुटबलको विकासबारे छलफल भएको थियो ।
भेटवार्तामा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायको उपस्थिति रहेको थियो ।