काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाचले बेइजिङ विन्टर ओलम्पिक सुरक्षित र उत्कृष्ट हुने बताएका छन् ।
बिहीबार एक कार्यक्रममा बोल्दै बाचले बेइजिङ ओलम्पिक शीतकालीन खेलकुदका लागि नयाँ युगको सुरुआत भएको समेत बताए ।
चिनको राजधानी बेइजिङमा शुक्रबारबाट औपचारिक रुपमा ओलम्पिकको सुरुआत हुदैछ ।
बाचले ओलम्पिकका लागि सबै तयारी पुरा भएको तथा आयोजना सुरक्षित तरिकाले हुने विश्वास व्यक्त गरे ।
कतिपय देशको कुटनीतिक वहिस्कारका कारण तयारी प्रभावित बनेको थियो ।
तर बाचले विगतमा ओलम्पिक वहिस्कार गरिएको कुरालाई पुन दोहर्याउने खोजेको दावी गरे ।
कोल्ड वारको समयमा सन् १९७६, १९८० र १९८४ मा केही देशहरुले ओलम्पिकको बहिस्कार गरेका थिए ।
त्यसैले यसपटक सबैलाई एकतावद्ध गर्न ओलम्पिकका लागि अझ धेरै मेहनत गर्नुपरेको जनाए ।