मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

अस्तव्यस्त राखेप : सिंगो खेलकुद आन्दोलित बन्दै

बिहिबार, २० माघ २०७८खेलपाटी संवाददाता
अस्तव्यस्त राखेप : सिंगो खेलकुद आन्दोलित बन्दै
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यकारी प्रमुखको रुपमा कार्यसम्पादन गर्ने सदस्य सचिवको विषय अदालतमा विचाराधिन बन्दा सिंगो खेलकुद ठप्प बनेको छ । ठुला राष्ट्रिय संघले केही कार्यक्रमहरु सञ्चालन गरेर खेलकुदलाई चलायमान बनाएपनि सरकारको अनुदान र सहयोगबाट सञ्चालन हुने सम्पुर्ण खेलकुद गतिविधि बन्द छ ।

राखेपमा कार्यकारी प्रमुख नहुँदा दैनिक प्रशासनीक कार्यदेखि खेलाडीको प्रशिक्षण, प्रतियोगिताको आयोजना र तयारीको काम अघि बढ्न सकेको छैन । राखेपमा देखिएको सुन्यताको अवस्थामा तीन मुख्य संगठन आन्दोलनमा उत्रने भएका छन् ।

सदस्य सचिवको विवादको कानुनी रुपमा किनारा नलाग्दा सम्मको अवस्थामा खेलकुद चलायमान गराउन र सो रिटको शिघ्र किनारा लगाउन सर्वोच्च अदालत समक्ष आग्रह गर्दै घरेलु खेलकुदका तीन निकायले संयुक्त आन्दोलनको घोषणा गरेका हुन् । 

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पियन संघ र राखेप कर्मचारी संघले संयुक्त रुपमा सदस्य सचिवको विवाद किनारा नलाग्दा सम्म परिषद्को काम कारबाहीलाई नियमित संचालन गरी सुचारु राख्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्धेश्यका साथ बिहीबार शान्तिपूर्ण विरोध कार्यक्रमको घोषणा गरेका छन् । बिहीबार दशरथ रंगशालामा मध्यान्न १२ बजे तीन संघले शान्तिपूर्ण विरोधको कार्यक्रमको आयोजना गरेका छन् । 

खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दिपक विष्ट र राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले विरोध कार्यक्रमको नेतृत्व गर्नेछन् । राखेप कार्यकारी प्रमुख विहीन बन्दा सिंगो खेलकुद ठप्प छ । खेलाडीले प्रशिक्षण गर्न पाएका छैनन्, नवौं राष्ट्रिय खेलकुदको आयोजना टुङ्गो छैन, एसियन गेम्सको तयारी अघि बढ्न सकेको छैन । अन्य राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना, सहभागीता र तयारी प्रभावित छ । पछिल्ला दुई वर्ष कोभिडले थलिएको नेपाली खेलकुद अहिले सदस्य सचिवको अभावले प्रभावित छ । 

सरकार परिवर्तनसँगै सदस्य सचिवको विवाद अदालत प्रवेश गरेसँगै खेलकुदको गतिरोध लम्बिएको हो । राखेप सदस्य सचिवको विषय संवेदनशिल भएकाले यस मुद्धालाई अग्राधिकार सहित फैसला सुनाउनुपर्ने धारणा सरकार तथा खेलकुद मन्त्रालयको छ । तर अदालत प्रवेश गरेसँगै मुद्धा पेश सर्दै सर्दै माघ २४ गते पुगेको छ । कोभिडको पछिल्लो संक्रमणका कारण मुद्धाको चाप धेरै भएकाले सोही मितिमा फैसला आउने सम्भावना समेत कम छ । 

सदस्य सचिवको मुद्धामा अदालतले ढिलाई गर्दा सिंगो खेलकुद अस्तव्यस्त बनेको सरोकारवाला निकायको छ । सोही कारण सदस्य सचिवको मुद्धामा चाँडो निर्णय दिनुपर्ने माग खेलकुदका सरोकारवाला संघले गरेका छन् । तीन वटै संघले सदस्य सचिवको विवादमाथि परेको रिटको शिघ्र किनारा लगाउन अदालतसँग आग्रह समेत गरेका छन् ।

खेलाडीमात्र हैन, राखेपकै कर्मचारी समेत सडक आन्दोलनमा उत्रने घोषणा गरेका छन् । सदस्य सचिव नहुँदा दुई महिनादेखि तलब लिन नपाएका कर्मचारी आन्दोलनमा उत्रन लागेका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयले राखेपमा देखिएको शुन्यताको अवस्थामा वैकल्पिक व्यवस्था गर्ने बताएपनि हालसम्म कुनै निर्णय लिएको छैन । 
 

Bajaj Pulsar Motorcycle Ad
#खेलकुद आन्दोलित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

Bajaj Pulsar Motorcycle Ad
लाङ्दीदेवी अन्तिम ८ मा

लाङ्दीदेवी अन्तिम ८ मा

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

आर्मी र खिल्जीको भेट पक्का !

आर्मी र खिल्जीको भेट पक्का !

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

फ्रेन्ड्स क्लब पुगे प्रशान्त