काठमाडौं । फेब्रुअरी ४ देखि २० तारिखसम्म चीनमा हुने वेइजिङ विन्टर ओलम्पिकको टर्च रिले बुधबारबाट सुरु भएको छ ।
चिनिया भाईस प्रिमियर हान झेङ्गले ओलम्पिक फरेस्ट पार्कमा आयोजित उदघाटन समारोहमा टर्च बालेर चिनको पहिलो शितकालिन खेलको विश्व च्याम्पियन ८० वर्षीय लियो झिहुआनलाई हस्तान्तरण गरे ।
कोभिड–१९ महामारीको चिन्ताका कारण विशेष सावधानी अपनाएर रिले आयोजना गरिएको छ ।
करिब १ हजार २ सय सहभागीले तीन दिनसम्म चल्ने रिलेमा सहभागती हुनेछन् ।
ओलम्पिकको उदघाटन समारोह शुक्रबार राती हुनेछ ।
ओलम्पिकमा ९० देशका करिब ३ हजार खेलाडीहरुले सहभागिता जनाउनेछन् ।
नेपालले भने यस विन्टर ओलम्पिकमा सहभागिता जनाएको छैन ।