पोखरा । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराद्धारा आयोजित गोल्डकप महापण्डितको विजेता पोखरा ११ फुलबारीका अजुर्न सुवेदी बन्न सफल भएका छन् ।
पोखरामा माघ ६ देखि १५ गते सम्म आयोजना भएको २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत यस पटकको उपाधि कस्ले जित्ला भन्ने प्रश्नमा सहि जवाफ दिने स्रोता मध्यबाट गोलाप्रथाबाट सुवेदी विजेता बनेका हुन् ।
आइतबार रेडियोमा आयोजित एक विशेष कार्यक्रममा उनलाई रेडियोका प्रवन्ध निर्देशक विजेश पालिखे, स्टेशन म्यानेजर सञ्जयकुमार मल्ल, सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशबराज बराल, हिमश्री फुड्स प्रालिका बजार सहप्रवन्धक बमबहादुर बराल, वान स्टप इलेक्ट्रोनिक्सका सञ्चालक रविराज भुर्तेल, रेडियोका मार्केटिङ म्यानेजरद्धय नारायण पौडेल र निराजन पौडेलले संयुक्त रुपमा ३२ इन्चको वेगा एलइडी टेलिभिजन र १ काटुर्न रारा चाउचाउ हस्तान्तरण गरेका हुन् ।
रेडियोले हरेक दिन साँझ ७ः४५ देखि ८ः१५ सम्म आरा रारा विशेष कार्यक्रम सञ्चालन गरेको थियो । प्रतियोगिता अवधिभर अनुमानित सहि उत्तर दिने स्रोताहरु मध्येबाट हरेक दिन सेभेन बी फोनजोन बुद्धविशालको तर्फबाट १ थान मोबाइल सेट र हिमश्री फुड्स प्रालिद्धारा उत्पादित १ कार्टुन रारा चाउचाउ प्रदान गरेको थियो ।
कार्यक्रममा बोल्दै वान स्टप इलोक्ट्रोनिक्स पोखराका सञ्चालक भुर्तेलले लोकप्रिय रेडियो मार्फत जोडिन पाएको भन्दै खुशी व्यक्त गरे । उनले प्रतियोगिताले रेडियो, आहा रारा र आफूहरुको व्यापार व्यावसायमा प्रवद्र्धन गर्न महत्वपूर्ण भुमिका खेलेको बताए ।
हिमश्री फुड्सका बजार सहप्रबन्धक बरालले आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए । सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष तथा २० औं आरा रारा गोल्डकप फुटबल प्रतियोगिताका संयोजक केशवराज बरालले कोभिडका कारण प्रतियोगिता सञ्चालनमा चुनौति भएपनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र रेडियोको कार्यक्रमले प्रतियोगिताको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे ।
रेडियोका प्रवन्ध निर्देशक विजेश पालिखेले कार्यक्रममा सहकार्य गर्ने सम्पूर्ण आयोजक तथा प्रयोजकहरुलाई धन्यवाद दिए ।
सहारा क्लब पोखराको आयोजनमा माघ ६ देखि १५ गते सम्म सञ्चालन भएको आरा रारा गोल्डकपमा १० टिमको सहभागिता रहेको थियो ।
शनिबार भएको मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबिचको खेलमा एपीएफले मनाङलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पहिलो पटक उपाधि जित्न सफल भएको हो । उपाधि संगै एपीएफले १० लाख १ हजार र उपविजेता मनाङले ५ लाख १ हजार प्राप्त गर्यो ।