काठमाडौं । अमेरिकी नेशनल बास्केटल एसोसियसन (एनबीए) का महान बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको प्रतिमा उनीहरुको दुर्घटना भएको स्थलमा ल्याइएको छ ।
लस एन्जलस लेकर्सलाई पाँच पटक एनबीए च्याम्पियन बनाएका ब्रायन्ट र उनकी छोरी जियानाको दुई वर्ष अघि लस एन्जलस नजिकै भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।
सोही दुर्घटना स्थलमा ब्रायन्ट र जियानाको प्रतिमा ल्याइएको हो ।
उक्त दुर्घटनामा अन्य सात जनाको पनि मृत्यु भएको थियो ।
७३ किलोको उक्त प्रतिमामा दुबैजनाले बास्केटबलको पोशाक लगाएका छन् ।
प्रतिमामा दुर्घटनामा मारिएका सबैको नाम उल्लेख गरिएको छ ।
डान मेडिनाले उक्त प्रतिमा बनाएको तथा दुई किलोमिटर भन्दा बढीमाथि पहाड चढेर उक्त प्रतिमा दुर्घटना स्थलसम्म पुर्याए ।
उनले बास्केटबलका महान खेलाडीको सम्मानमा प्रतिमा दुर्घटना स्थलमा ल्याएको बताए ।
लेकर्सका लागि २० वर्ष खेलेका ब्रायन्टको ४१ वर्ष तथा उनकी छोरी जियानाको १३ वर्षमा मृत्यु भएको थियो ।