काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो मातहतमा रहेको रंगशाला, कभर्डहल र स्विमिङपुल लगायतका खेल पूर्वाधार अनिश्चितकालका लागि बन्द गरेको छ ।
राखेपले एक सूचना जारी गर्दै रंगशाला लगायतका खेल पूर्वाधार अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको जनाएको छ ।
सरकारले कोभिड-१९ को संक्रमण रोकथामका लागि भिडभाड हुने कार्यक्रमहरु निषेध गरेको कारण खेल पूर्वाधार बन्द गरिएको राखेपले जनाएको छ ।
'कोभिड-१९ को ओमिक्रोनसहितको संक्रमण तिब्र बढ्दै गएको सन्दर्भमा सो को रोकथाम र उपचारलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेश अनुसार जिमखाना,रंगशाला,कभर्डहल, स्विमिङपुल, फुटसल लगायतका मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रमहरु गर्न गराउन निषेध गरिएको हुँदा परिषद् अन्तर्गत रहेका रंगशाला, कभर्डहल र स्विमिङपुल लगायतका खेल पूर्वाधारहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको व्यहोरा अनुरोध गरिन्छ,' राखेपले जारी गरेको सूचनामा भनिएको छ ।