बुधबार, २७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

हिमालयन ब्रुअरीद्वारा बगर भाइखलकलाई २ लाख प्रदान

आइतबार, ०९ माघ २०७८खेलपाटी संवाददाता
हिमालयन ब्रुअरीद्वारा बगर भाइखलकलाई २ लाख प्रदान
Loading ad...
mustang rice ad

पोखरा । यूकेबाट पोखरा आएका सामाजिक व्यक्तित्व तथा संघसंस्थाका पदाधिकारीहरुलाई नेपाल भूतपूर्व खेलाडी मञ्च र बगर भाइखलक पोखराले स्वागत गरेको छ । बगर भाइखलक यूके, सहारा यूके, तमु धिँ यूके र पोखरेली मञ्च यूकेका पदाधिकारीहरुलाई पोखरामा दुई संस्थाले एक कार्यक्रमको आयोजना गरी स्वागतसँगै सम्मान गरेको हो ।

उक्त अवसरमा दुई संस्थालाई यूकेबाट नगद सहयोग पनि हस्तान्तरण गरिएको छ । यस्तै, पाँचौ स्व. रञ्जित गुरूङ स्मृति तथा एघारौं बगर भाइ खलक एट ए साईड अन्तराष्ट्रिय भेट्रान (४०+) फुटबल प्रतियोगितामा सहप्रायोजन वापतको दुई लाख रुपैंया पनि हिमालयन ब्रुअरीले बगर भाइखलकलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदमा समर्पित यस्ता व्यक्तित्वहरुकै कारण नेपाली खेल क्षेत्र अघि बढेको उल्लेख गरे ।

‘गण्डकी प्रदेशमा खेलकुदको बजेट ०.८ प्रतिशत मात्रै छ । खेलकुद जस्तो महत्वपूर्ण विषय यसरी पछाडि परेको छ । खेलकुदको विकासमा सबै लाग्नुपर्छ ,’ गुरुङले भने,  ‘हामी सही ठाउँमा छौँ । खेलकुदलाई स्वास्थ्यको अभिन्न अंग मान्न नसक्ने ठाउँमा हामी जिम्मेवार तहमा पुग्नु राम्रो कुरा हो । जिम्मेवारी वहन गर्दै खेलकुदलाई अघि बढाउन हामी लाग्नुपर्छ, लागिरहेका छौं ।’

 दुई संस्थाको संयुक्त कार्यक्रमको अध्यक्षता नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि पराजुली र बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरूङले गरेका थिए । सहभागीलाई स्वागत गर्दै मञ्चका अध्यक्ष पराजुलीले फागुन ७ मा हुने प्रतिष्ठित म्याराथुन प्रतियोगिताको तयारीमा जुटेको बताए । उनले गत वर्ष कोरोना महामारीका कारण ४ चरणमा सम्पन्न गरेको प्रतियोगिता यस पटक सहज अवस्था भए एकै पटकमा र नभए २ चरणमा गर्ने गरी तयारी गरेको पनि जानकारी गराए ।

उक्त अवसरमा सहारा यूकेका संस्थापक अध्यक्ष सामाजिक व्यक्तित्व नविन गुरुङ, बगर भाइ खलक यूकेका अध्यक्ष दिलराज गुरूङ, सहारा यूकेका अध्यक्ष कुसाङ गुरूङलगायतले ४ संस्थाबाट प्रतिनिधित्व भएपनि सबै जसो तमु धिँमा आबद्ध रहेकाले सबै मिलेर, हातेमालो गर्दै अघि बढ्ने उल्ल्ेख गरे ।

उक्त अवसरमा सहारा यूके र तमु धिँ यूकले संयुक्त रुपमा भूतपूर्व खेलाडी मञ्चलाई नगद एक लाख एक सय प्रदान गरेको छ । यस्तै, बगर भाइखलकलाई उपस्थिति पदाधिकारीहरुले संकलन गरी ६० हजार पनि हस्तान्तरण गरेको छ ।

हिमालयन ब्रुअरीका अरूण कुमार चौधरीको अनुपस्थितमा बजार व्यवस्थापक योगेन गौतमले बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरूङलाई दुई लाख बराबरको चेक हस्तान्तरण गरे । व्यवस्थापक गौतमले आगामी दिनमा सहकार्य निरन्तर रहने उल्लेख गरे । प्रायोजन गर्न समन्वयकर्ताको भूमिका खेलेका नविन गुरुङले आगामी वर्षदेखि वार्षिक ५ लाख प्रदान गर्ने गरी ५ वर्षसम्मका लागि हिमालयन ब्रुअरीले मूख्य प्रायोजन गर्नेबारे खुलासा गरेका थिए । कार्यक्रमको सञ्चालन बगर भाई खलकका महासचिव यामबहादुर गुरुङले गरेका थिए ।

Loading ad...
LiNing Ad
हिमालयन ब्रुअरीद्वारा बगर भाइखलकलाई २ लाख प्रदान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

अन्यौलमा अल्भारेज

अन्यौलमा अल्भारेज

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा