काठमाडौं । फ्रान्स र लन्डनमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दुई नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् ।
सुमन तिमल्सिना र सरोज कार्कीले दुबै प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
फ्रान्सको पेरिसमा जनवरी २१ देखि २३ तारिखसम्म हुने पेरिस ओपन करातेमा सिनियर एकल कातामा सुमन तथा ७५ केजीमुनि सरोजले प्रतिस्पर्धा गर्नेछन् ।
त्यसैगरी, लन्डनमा जनवरी ३० हुने डब्लुटीकेए युरोपियन ओपन कराते प्रतियोगितामा सुमनले सिनियर एकल काता तथा सरोजले ७५ केजीमुनि तौलसमूहमा नै प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताका लागि नेपाली टोली मंगलबार पेरिस प्रस्थान गर्दै छ ।
टोलीमा दुई खेलाडीसहित टिम व्यवस्थापक स्वच्छम गुरुङ तथा अफिसियलमा सजना कुँवर रहेका छन् ।