काठमाडौं । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र प्रदेश नं. १ बीचको खेल स्थगित भएको हो ।
प्रदेश १ का खेलाडीमा कोरोना भएको आशंकापछि शनिबार टियु क्रिकेट मैदानमा हुने भनिएको पहिलो खेल स्थगित गरिएको हो ।
कोरोना परिक्षणपछि मात्र उक्त खेलबारे निर्णय गरिने बताइएको छ ।
समूह ‘ए’ अन्तर्गत पुलिसले अघिल्ला तीन खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
यता प्रदेश १ ले दुई खेलमा एक अंक जोडेको छ र सेमिफाइनलको सम्भावना कायमै राखेको छ ।