काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज शनिबार दुई खेलहरु हुँदैछन् ।
प्रतियोगिता अन्तर्गत आज टियु क्रिकेट मैदानमा दुई खेल हुने छन् ।
पहिलो खेलमा प्रदेश १ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
समूह ए मा पुलिस ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
पुलिसले सेमिफाइनलमा स्थान बनाईसकेको छ ।
प्रदेश १ ले २ खेलमा १ अंक जोडेको छ । प्रदेश १ पाँचौ स्थानमा रहेको छ ।
टियुमै हुने दोस्रो बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
समूह बी मा रहेको बागमती ३ खेलमा २४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
गण्डकीलाई हराएर बागमती सेमिफाइनल पुग्ने योजनामा रहेको छ ।
गण्डकी २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।
प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् ।
समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।