काठमाडौं । भारतविरुद्ध तीन खेलको टेस्ट सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले २–१ ले जितेको छ ।
केप टाउनमा भएको तेस्रो तथा अन्तिम टेस्ट ७ विकेटले जित्दै दक्षिण अफ्रिकाले सिरिज जितेको हो ।
जितका लागि दोस्रो इनिङ्समा चाहिएको २ सय १२ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३ विकेट गुमाएर पुरा गर्यो ।
दक्षिण अफ्रिकाको जितमा किगन पिटरसनले सर्वाधिक ८२ रनको योगदान गरे ।
रासी भान डेर डुसेन ४१ तथा टेम्बा बाभुमा ३२ रनमा अविजित रहे ।
भारतका जसप्रित बुमराह, मोहम्मद सामी र सर्दुल ठाकुरले एक–एक विकेट लिए ।
यस अघि पहिलो इनिङ्समा भने भारतले २ सय २३ रन जोड्दा दक्षिण अफ्रिकाले २ सय १० रन बनाएको थियो ।
दोस्रो इनिङ्समा भारत १ सय ९८ रनमा अलआउट भएको थियो ।
रिसभ पन्तले भारतका लागि शतकिय इनिङ्स खेलेका थिए । उनले एक सय रनको योगदान गरे ।
भारतविरुद्ध दोस्रो इनिङ्समा दक्षिण अफ्रिकाका मार्को जानसेनले सर्वाधिक ४ विकेट हात पारे ।
कगिसो रवाडा र लुंगी नगिडीले समान ३–३ विकेट लिए ।