काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले हङकङमा हुने फेयरब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् ।
महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हङकङमा मे १ देखि १५ तारिखसम्म हुने छ ।
यस अघि नेपाली टोलीकी उपकप्तान सिता राना मगरले पनि यसै प्रतियोगितामा सहभागिता जनाउने सुनिश्चित भएको थियो ।
प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ ।
यता विभिन्न देशका चर्चित खेलाडीहरुको सहभागिता रहनेछ ।