काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई जितका लागि १ सय १६ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा अलआउट हुँदै १ सय १५ रन बनायो ।
सुदुरपश्चिमका लागि खडक बोहराले सर्वाधिक ३७ रन जोडे । बसन्त कार्कीले ३४ रन जोड्दा अर्जुन साउदले १५ रन बनाए ।
आर्मीका बिक्रम सोबले ६ विकेट लिए । किफायती बलिङ गरेका उनले ८ रन खर्चिए ।
कुशल मल्ल, शाहब आलम र हरि चौहानले १/१ विकेट लिए ।