काठमाडौं । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २ सय ४५ रनको विशाल लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै २ सय ४४ रन बनाएको हो ।
पुलिसका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै ३९ बलमा सर्वाधिक ८२ रनको योगदान गरे ।
कुशलले ९ चौका र ३ छक्का प्रहार गरे ।
यता दिपेन्द्र सिंह ऐरीले २८ बलमा ६२ रन बनाए । उनले ९ चौका र २ छक्का हिर्काए ।
कर्णालीका अनुज चुनारा, प्रकाश जैसी र रविन्द्र शाहीले समान दुई–दुई विकेट लिए ।