काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज शुक्रबार चार खेलहरु हुँदैछन् ।
प्रतियोगिता अन्तर्गत आज टियु क्रिकेट मैदानमा दुई र मुलपानी क्रिकेट मैदानमा दुई खेल हुने छन् ।
टियु मैदानमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
समूह ए मा रहेको कर्णाली ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
पुलिस २ खेलम्मा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
टियुमा हुने दोस्रो खेलमा प्रदेश २ र बग्म्मति प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
समूह बी मा रहेको प्रदेश २ ले ३ खेलमा २ अंक जोडेर चौथो स्थानमा रहेको छ ।
बागमती २ खेल्म्मा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
मुलपानीमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
समूह ए को आर्मी ३ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सुदुरपश्चिम २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
मुलपानीमा हुने दोस्रो खेलमा एपीएफ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।
समूह बी मा रहेको एपीएफ ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
लुम्बिनी २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् ।
समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई ओमानमा हुने आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत लिएको छ ।