काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९३ रनको लक्ष्य दिएको छ ।
समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले १८ दशमलब ४ ओभरमा अलआउट हुदै ९२ रन जोड्यो ।
एपीएफका लागि प्रदिप ऐरीले १७ रन जोड्दा आसिफ शेखले १६ रनको योगदान गरे ।
गण्डकीका कमल परियारले सर्वाधिक तीन विकेट हात पारे ।
विशाल पौडेलले दुई विकेट लिए ।
कृष्ण पौडेल, सुवाश भण्डारी र चन्द्र पौडेलले एक–एक विकेट हात पारे ।