काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशले प्रदेश नं. २ लाई १ सय ६२ रनको लक्ष्य दिएको छ ।
समूह ‘बी’ अन्तर्गत टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन जोडेको हो ।
लुम्बिनीका लागि देव खनालले अर्धशतकिय इनिङ्स खेले । खनालले ३८ बलमा ५४ रन जोड्दा चार चौका र दुई छक्का हिर्काए ।
बसिर अहमद र सन्दीप रजालीले समान ३०–३० रन जोडे ।
प्रदेश २ का विवेक यादव र रुपेश सिंहले समान दुई–दुई विकेट हात पारे ।
हरिशंकर साह, महबुब आलम र विशाल सुसलिङले समान एक–एक विकेट हात पारे ।