काठमाडौं । बास्केटबलको फ्रेन्चाईज प्रतियोगिता राष्ट्रिय बास्केटबल लिग (एनबीएल) मा सहभागी टिमले दुई विदेशी खेलाडी राख्न पाउने भएका छन् ।
टर्नपाईक इभेन्ट प्रालि र नेपाल बास्केटबल संघको साझेदारीमा एनबीएल हुन लागेको हो ।
प्रतियोगितामा काठमाडौं, ललितपुर, र्कीर्तिपुर, पोखरा, भक्तपुर, धरान, विराटनगर, चितवन र बुटबल÷धनगढीका सहरहरुलाई प्रतिनिधित्व हुने गरी आठ टिममा विभाजन गरिएको छ ।
आठवटै क्लबलाई र्टनपाईक इभेन्टले लाइसेन्स प्रदान गर्नेछ । लाइसेन्सका लागि उठाइने रकममध्ये ४० प्रतिशत नेपाल बास्केटबल संघलाई प्रदान गरिने छ ।
प्रत्येक टिममा दुई विदेशी तथा नेपाली मुलका १० खेलाडीसहित एक मुख्य प्रशिक्षक, एक सहायक प्रशिक्षक, एक फिजियो र एक क्लब म्यानेजर रहने आयोजकले जनाएको छ ।
लिगका खेलहरु त्रिपुरेश्वरस्थित बहुउदेश्यीय कर्भडहरुलमा हुनेछन् ।
नेपाल बास्केटबल संघले यस लिगलाई उच्च श्रेणीको लिगको रुपमा लिनेछ भने व्यावसायिक खेलाडी र प्रशिक्षकको दर्ता गर्ने भएको छ ।
यसै लिगको आधारमा संघले राष्ट्रिय टोलीका लागि खेलाडी छनोट समेत गर्ने जनाएको छ ।