काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा पाहुना टोली भारतले ७० रनको अग्रता बनाएको छ ।
दोस्रो इनिङ्स थालेको भारतले दोस्रो दिनको समाप्तीमा दुई विकेट गुमाएर ५७ रन जोडेको छ ।
यस अघि पहिलो इनिङ्स भारतले २ सय २३ रन जोडेपछि जवाफमा दक्षिण अफ्रिका २ सय १० रनमा अलआउट हुदै १३ रनले पछि परेको थियो ।
दोस्रो इनिङ्समा भारतका कप्तान विराट कोहलीले १४ रन तथा चेतेश्वर पुजारा ९ रनमा नटआउट रहेको छन् ।
केएल राहुल १० तथा मयंक अग्रवाल ७ रनमा आउट भए ।
दक्षिण अफ्रिकाका कगिसो रबाडा र मार्को जानसेनले एक–एक विकेट हात पारेका छन् ।
यस अघि किगन पिटरसनले सर्वाधिक ७२ रन जोडेपछि दक्षिण अफ्रिकाले २ सय १० रन जोडेको थियो ।
टेम्बा बाभुमाले २८ तथा केशव महाराजले २५ रनको योगदान गरे ।
भारतका लागि जसप्रित बुमराहले ५ विकेट हात पारे ।
उमेश यादव र मोहम्मद शामीले समान दुई–दुई विकेट लिए । सर्दुल ठाकुरले एक विकेट हात पारे ।
भारतको पहिलो इनिङ्समा कप्तान विराट कोहलीले ७९ तथा चेतेश्वर पुजाराले ४३ रन जोडेका थिए ।
दक्षिण अप्रिकाका कगिसो रबाडाले ४ तथा मार्को जानसेनले ३ विकेट हात पारे ।