काठमाडौं । सरकारले राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा सुरेन्द्र बस्नेतलाई नियुक्त गरेको छ ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको युवा परिषद्मा सरकारले बस्नेतलाई नियुक्त गरेको हो ।
मन्त्री परिषदका बुधबार बसेको बैठकले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको प्रस्तावमा बस्नेतलाई युवा परिषदको नेतृत्वमा नियुक्त गरेको हो ।
बस्नेत माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व बरिष्ठ उपाध्यक्ष हुन् । विद्यार्थी संगठनमा नयाँ नेतृत्व आएपछि उनी पार्टी राजनीतिमा आएका क्रियाशिल छन् ।
सरकारले युवा परिषद्का तत्कालिन कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेललाई पदमुक्त गरको थियो ।
केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ढुङ्गेगललाई पदमुक्त गरेर वर्तमान सरकारले रिक्त पदमा बस्नेतलाई ल्याएको हो ।