काठमाडौं । तनु दोश्रो आरडब्लु विन्टर स्लाम रेस्लिङमा आइतबार च्याम्पियन बनेकी छन् । पुरुष÷महिलाको भिडन्तमा तनुले सीजे वल्र्डलाई पराजित गर्दै ३५ हजार नगद पुरस्कार हात पारिन् ।
जलवायु दिवासको उपलक्ष्यमा नेपाल रिङ रेस्लिङ संघद्वारा आयोजित प्रतियोगिताको मिडिल वेटमा डेभिडले युबीएल स्टोनलाई हराए । डेविडले ५० हजार नगद पुरस्कार पाए ।
छेरो, यङ स्याडी र बाबाबीच भएको त्रिपल थ्रेट प्रतिस्पर्धामा यङ स्याडीले बाजी मारे । उनी ४० हजार नगदबाट पुरस्कृत भए ।
सिन्धुपाल्चोकको गुफाडाँडामा उल्लेख्य दर्शकको उपस्थितिमा भएको प्रतियोगिताको हार्डकोरमा किङ रोबर्टले नुवाकोटे टाइगरको चुनौती पन्छ्याउदै ६५ हजार नगद पुरस्कार जिते ।
हेभीवेट भिडन्तमा चट्टानले साइनलाई पाखा लगाएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । चट्टानले ७५ हजार नगद पुरस्कार प्राप्त गरे ।