काठमाडौं । ए डिभिजन क्लब सातदोबाटो युथका मुख्य प्रशिक्षक मेघराज केसीलाई मातृशोक परेको छ ।
प्रशिक्षक केसीका ममतामयी आमा रुकुमैया केसीको आइतबार ८४ वर्षको उमेरमा निधन भएको छ ।
रुकुमैया पछिल्लो समय दमको उपचार गराइरहेकी थिइन् ।
रुकुमैयाको आइतबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारण गरिएको छ ।
मातृशोक परेपछि प्रशिक्षक केसीले सहिद स्मारक ए डिभिजन लिगको केहि खेल गुमाउने भएका छन् ।
सातदोबाटोले सातौं चरण अन्तर्गत सोमबार हिमालयन शेर्पा क्लबविरुद्ध खेल्नेछ ।
लिगको ६ खेलमा सातदोबाटो ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।