काठमाडौं । २४ औं पुरुष तथा नवौं महिला राष्ट्रिय महिला भारोत्तोलन प्रतियोगिता पुसमा आयोजना हुने भएको छ ।
नेपाल भारोत्तोलन संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुसको २७,२८ र २९ गते आयोजना हुने जनाएको छ ।
मध्यपुर थिमीको थिमी बैन्क्वेटमा आयोजना हुने प्रतियोगितामा युथ, जुनियर र सिनियर गरि ६ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा देशभर र विभागीय टिमका गरि २ सय खेलाडीले सहभागिता जनाउने छन् ।
जुनियर तथा सिनियर पुरुषमा ५५,६१,६७,७३,८१,८९,९६,१०२,१०९ र १०९ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
पुरुषको युथमा ४९,५५,६१,६७,७३,८१,८९,९६,१०२ र १०२ केजी माथि प्रतिस्पर्धा हुनेछ ।
जुनियर तथा सिनियर महिलामा ४५,४९,५५,५९,६४,७१,७६,८१,८७ र ८७ केजी तौल माथि प्रतिस्पर्धा हुनेछ ।
महिला युथमा ४०,४५,४९,५५,५९,६४,७१,७६,८१ र ८१ केजी तौल माथि प्रतिस्पर्धा हुनेछ ।
महिलाको युथ, जुनियर र सिनियर गरि ३० स्वर्ण,३० कास्य र ३० रजतका लागि प्रतिस्पर्धा हुनेछ ।
पुरुषमा समेत युथ, जुनियर र सिनियर गरि ३० स्वर्ण,३० कास्य र ३० रजतका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता संचालनको लागि ५१ लाख अनुमानित बजेट खर्च हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी खेलाडी, व्यवस्थापक, प्रशिक्षक तथा अफिसियलको खाने र बस्ने व्यवस्था संघले गर्नेछ । यस्तै आउने जाने यातायात खर्च समेत संघले व्यहोर्नेछ ।