मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

एनओसीको साधारणसभा सम्पन्न

मंगलबार, १३ पौष २०७८खेलपाटी संवाददाता
एनओसीको साधारणसभा सम्पन्न
Classic Tech Internet Ad

काठमाडौं ।  नेपाल ओलम्पिक कमिटीको १२ औं साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

सातदोबाटोस्थिति ओलम्पिक भवनमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले उद्घाटन गरे ।

सो अवसरमा मन्त्री गहतराजले सर्वोच्च अदालतको आदेशले नेपाली खेलकुदमा दीर्घकालीन असर परेको बताउदै देशको समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई अग्रताधिकारमा राखेर हेर्नु पर्नेमा जोड दिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवका विषयमा सर्वोच्च अदालतको आदेशबारे बोल्नु हुँदै मन्त्री गहतराजले समस्याको चाँडै समाधान हुनु पर्ने बताए ।  

त्यस अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) र त्यसको मानवीय तथा सामाजिक दृष्टिकोणबाट अध्ययन गरेर प्रकासित पुस्तकको पनि विमोचन गरिएको थियो । साधारण सभाको बन्द सत्रमा साधारण सभाले कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ सन् २०२१ को प्रगति विवरण पेस गर्दै सन् २०२२ का लागि कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

यस्तै कोषाध्यक्ष रत्नकुमार टण्डनले आर्थिक वर्ष ०७७/०७८ को आयव्यय विवरण पेस गरे । उनले सन् २०२२ का लागि अनुमानित बजेट पनि प्रस्तुत गरे ।

साधारण सभाले महासचिव र कोषाध्यक्ष दुवैको प्रतिवेदन पनि पास गरेको छ । त्यसै अवसरमा नेपाल ओलम्पिक कमिटी अन्तर्गत रहेको विभिन्न कमिसनका अध्यक्षहरूले पनि आफ्नो प्रगति विवरण पेस गरे । कार्यक्रममा कमिटीका सदस्य तथा मार्केटिङ कमिसनका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले सन् २०२१ बाट नेपाल ओलम्पिक कमिटीले दिने भनेर घोषणा गरेको नौ फरक विधामा अवार्डबारे जानकारी दिए ।

कमिटीले आउने वर्षदेखि पत्रकारिता अन्तर्गत छापा, मल्टिमिडिया, फोटो पत्रकारिता भ्युजल मिडिया, खेलतर्फ पुरुष र महिला, प्रशिक्षकमा पुरुष र महिला तथा खेलतर्फ उत्कृष्ट संघलाई अवार्ड दिने भएको छ ।

यस्तै ओलम्पिक आन्दोलनमा टेवा पुर्‍याउनेमध्येमा पनि तीन विधामा सम्मान गरिनेछ । कार्यक्रमको अन्त्यमा अध्यक्ष श्रेष्ठले ओलम्पिक कमिटी आउने दिनमा अझ व्यवस्थित, पारदर्शी र उत्तरदायी हुने बताउनु हुँदा खेल संघलाई पनि त्यसै अनुसार आफूलाई विकास गर्न अनुरोध गरे ।

यस्तै अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का निर्देशन अनुसार अबका दिनमा खेल संघ तीन महत्त्वपूर्ण पक्ष लैगिक समानता, खेलकुदमा हिंसा र खेलमिलोमतोमा सजग तथा सचेत रहनु पर्ने पनि बताए ।  

Bajaj Pulsar Motorcycle Ad
एनओसीको साधारणसभा सम्पन्न

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

Bajaj Pulsar Motorcycle Ad
नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

आर्मी र खिल्जीको भेट पक्का !

आर्मी र खिल्जीको भेट पक्का !

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ

सेमिफाइनल पुग्न रुकुमसँग भिड्ने भयो एपीएफ

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

एफसी चितवनका मालिक सचिन रास्वपाको समानुपातिक उम्मेदवार

न्यु डायमन्ड समूह विजेता बन्ने दाउमा, एपीएफ र मणिमुकुन्दलाई जित्नै पर्ने दबाब

न्यु डायमन्ड समूह विजेता बन्ने दाउमा, एपीएफ र मणिमुकुन्दलाई जित्नै पर्ने दबाब

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

चुनावको मिति तोक्ने तयारीमा एन्फा

चुनावको मिति तोक्ने तयारीमा एन्फा