नारायण क्षेत्री
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित छोम्रोङमा जारी २० औ संकरणको ल्होसार सेन्चुरी मेलामा सोमबारदेखि बास्केटबल प्रतियोगिता सुरु भएको छ ।
ल्होसारको अवसरमा बास्केटबल र भलिबल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष मिकास गुरुङले बताए । उनका अनुसार बास्केटबलतर्फ ५ खेल सम्पन्न भएका छन् ।
पहिलो खेलबाट आयोजक टिम ‘ए’ले बिजयी सुरुआत गरेको छ । सेन्चुरी भेट्रान्सलाई आयोजक टिम ‘ए’ले ५०–२४ ले पराजित गर्यो । यसैगरी दोस्रो खेलमा याङजाकोटले आयोजक टोली ‘बी’लाई ३४–१३ ले हराउदै अघिल्लो चरणमा प्रवेश गर्यो ।
तेस्रो खेलमा सेन्चुरी भेट्रान्सलाई ग्यागोथरले ५६–३१ ले पराजित गर्यो । यसैगरी चौथो खेलमा आयोजक टोली ‘बी’लाई ७९–१६ को फराकिलो स्कोर सहित पराजित गर्दै दोस्रो चरणका लागि स्थान बनायो ।
यसैगरी भलिबल तर्फ याङ्जाकोटले आयोजक टोली ‘बी’लाई २५–१९ २५–२१ को सोझो सेटमा पराजिगत गर्याे । यसैगरी दोस्रो खेलमा माछापुच्छ्रे युवा क्लबले आयोजक टिम ‘सी’लाई २९–३१, २५–१२ २५–१२ को सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गर्यो ।
मंगलबार पनि भलिबल तथा बास्केटबलका बाँकी खेल हुने अध्यक्ष गुरुङले जानकारी दिए । दुवै प्रतियोगिताको विजेता टिमले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुने टिमले क्रमशः १५ र ८ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष गुरुङले जानकारी दिए ।