बाबा एस अन्तरविद्यालय सिक्स ए साइड फुटसल प्रतियोगिताको गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
एस स्कुलद्वारा आयोजित प्रतियोगितामा बाबाले एप्पललाई ३–० तथा नेपाल राष्ट्रिय माविलाई २–० गोलले पराजित ग¥यो । गल्र्समै सेन्ट जेभियर्स र ब्राइट फ्युचर ‘बी’ पनि सेमिफाइनलमा पुगे ।
शान्तिनगर फुटसलमा भएको प्रतियोगिताको ब्वाइजमा आयोजक एस, रिब्स, जोन डेवी, रोज बड, युयुतुसु ‘ए’ र ‘बी’, ज्ञानोदय बाल वाटिका, शुभतारा, एभीएम, एप्पल, एक्मी, द एक्सेल्सियर स्कुल, बाबा, ओम ज्ञान मन्दिर, बौद्ध इन्टरनेसनल र तथा एम्सले प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।
दुईदिने प्रतियोगिताको ब्वाइजमा २२ र गल्र्समा ९ गरी ३१ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।