काठमाडौं । पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगितामा बैंक तथा वित्तिय संस्थाका २४ टोलीको सहभागिता रहने भएको छ ।
आयोजक कामना सेवा विकास बैंकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा २४ टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
कालोपुलस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ ।
प्रतियोगितामा सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले प्रिक्वाटरफाइनलमा स्थान बनाउने छन् । यस्तै तेस्रो हुने उत्कृष्ट ४ टोलीले समेत प्रिक्वाटरफाइनलमा स्थान बनाउने छन् ।
पहिलो दिन लिग चरण तथा अन्तिम दिन नकआउट चरणका खेलहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा कामना सेवा, राष्ट्रिय बिमा संस्थान, साग्रिला डेभलोप्मेन्ट, कुमारी, नेपाल राष्ट्र बैंक, प्रभु बैंक, गरिमा, मुक्तिनाथ, नेपाल इन्भेष्टमेन्ट, एभरेस्ट इन्स्योरेन्स, हिमालयन बैंक, सिटिजन बैंक, बेस्ट फाइनान्स, रिलायन्स फाइनान्स, ज्योती विकास, साइन रेसुङ्गा, मेगा, बैंक अफ काठमाडौं, लुम्बिनी, प्रिमियर इन्स्योरेन्स, माछापुच्छ्रे, महालक्ष्मी र सिद्धार्थ बैक सहभागी हुनेछन् ।
पत्रकार सम्मेलनमा कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले खेलकुदको विकासमा कर्पोरेट क्षेत्रले भुमिका बढाउनुपर्ने बताए । उनले यस प्रकारको कर्पोरेट इभेन्टले अन्य व्यवसायीक घराना समेत खेलकुदमा सहभागी बन्न प्रेरणा मिल्ने उल्लेख गरे ।
कामना सेवा विकास बैंकको आयोजना रहने प्रतियोगिताको सम्पुर्ण व्यवस्थापन खेलपाटीले गर्नेछ भने प्राविधिक सहयोग एन्फा फुटसलको रहनेछ ।
प्रतियोगिताको विजेता, उप–विजेता र विधागत तर्फका उत्कृष्ट खेलाडीले ट्रफी, मेडल, प्रमाणपत्र सहित गिफ्टह्याम्पर प्राप्त गर्नेछन् ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले समुद्घाटन गर्ने छन् । यस्तै अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलको समापन गर्ने छन् ।
खेल तालिका :