काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको पहिलो खेलमा नेपालको पुरुष टोली पराजित भएको छ ।
बंगलादेशको ढाकामा बिहीबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको हो।
बलियो घरेलु टिमविरुद्ध नेपाल २५-१७, २५-१७ र २५-१९ को सेटमा पराजित भएको हो ।
अब नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग शुक्रबार खेल्नेछ ।
यस्तै नेपालले तेस्रो खेलमा शनिबार श्रीलंका र अन्तिम खेलमा आइतबार माल्दिभ्सको सामना गर्नेछ ।
पुरुषतर्फ ५ टिमको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छन् ।
महिलातर्फ भने नेपालले विजयी सुरुआत गरेको छ । बिहीबार नेपालले श्रीलंकालाई ३-२ को सेटमा हराएको हो ।