काठमाडौं । गोबिन्द भट्टराई अटोमोबाइल संगठन फेडेरेसन इन्टरनेसनल डे अटोमोबाइल (एफआईए)को वल्ड काउन्सिलमा निर्वाचित भएका छन् ।
फ्रान्सको पेरिसमा सम्पन्न एफआईएको साधारण सभाले भट्टराईलाई प्रेसिडेन्सिल र वल्ड काउन्सिलको कार्यसमितिमा चयन गरेको हो ।
नासा नेपालका भट्टराईले रिजनल टूबाट प्रतिनिधित्व गरेका थिए ।
एफआईएको केन्द्रिय अध्यक्षमा भने युनाइटेड अरब इमिरेट्सका मोहमद बेन सुलेमान निर्वाचित भएका थिए ।
विश्वका १ सय ५० बढी देशमा र करोडौं सदस्य रहेको राष्ट्रिय संघको विश्वको अग्रणी मोटरिङ्ग संस्थाले मुख्य रुपमा मोटरस्पोर्टस, अटोमोबाईल मोबिलिटी एण्ड ड्राइभ टुरिजम, रोड सेफ्टी एण्ड सस्टेनेबिलिटि, इ भेहिकल तथा इनोभेसनमा विश्वब्यापी तालिम तथा लबिङ्गको काम गर्दै आएको छ ।
सन् १९०४ मा स्थापित भएको एफआईएमा हाल एएसएन, एसीएन र एसोसिएसन गरि तीन किसिमका सदस्य क्रियाशिल छन् ।
नेपालको नासा नेपाल एएसएन र एसीएन दुवै प्रकारको राष्ट्रिय संघ हो । नासा नेपाल विगत एक दशकदेखि नेपालको अटोमोबाईलमा क्रियाशिल छ ।
प्रत्येक चार वर्ष कार्यकाल रहेको एफआईएको वल्ड काउन्लिमा यस वर्ष निर्वाचन भएको हो । जसमा विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्व उम्मेद्धवार रहेका थिए ।