काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडीसहित ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ ।
मन्त्रालयमा आईतबार सम्पन्न कार्यक्रममा उसु खेलाडीहरु दिपक हमाल, जुनी राई र सुस्मिता तामाङसहित कराँतेका एलेन श्रेष्ठ र एथलेटिक्सकी पुष्पा भण्डारीलाई प्रतिभा सम्मान प्रदान गरिएको हो ।
त्यसैगरी, पारा खेलकुदतर्फका केशव थापाले पनि प्रतिभा सम्मान प्राप्त गरेका छन् ।
६ जना खेलाडीले सम्मानपत्रसहित जनही १ लाख प्राप्त गरे ।
रेफ्रीतर्फ तेक्वान्दोका अशोक खड्काले पनि प्रतिभा सम्मान प्राप्त गरे । उनी सम्मनपत्र सहित नगद १ लाखबाट पुरस्कृत भए ।
तेक्वान्दो प्रशिक्षकद्धय संगीना वैद्य र नोर्बु लामालाई पनि उक्त सम्मान प्रदान गरिएको छ ।
दुबैजनाले सम्मानपत्रसहित जनही नगद ५० हजार प्राप्त गरे । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सम्मानपत्र प्रदान गरे ।