काठमाडौं । हिमेश रत्न बर्जाचार्यसहित १० जनाले खेलकुद पत्रकारिकता पुरस्कार प्राप्त गरेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले कान्तिपुर दैनिकका हिमेशलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
मन्त्रालयमा आईतबार आयोजित कार्यक्रमकाबीच हिमेशलाई सम्मानपत्रसहित नगद ५० हजार प्रदान गर्यो ।
त्यसैगरी, कान्तिपुरकै सन्जु पौडेल र ढोरपाटन दैनिकका विजयी नेपालीलाई समावेशीतर्फको पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।
दुबैजनाले सम्मानपत्रसहित जनही नगद २५ हजार प्राप्त गरे ।
प्रदेशगत पत्रकारिता प्रोत्साहन पुरस्कार भने प्रदेश नं. १ का नमिन ढकाल, प्रदेश नं. २ का बसन्त खतिवडा, बागमती प्रदेशका कुशल तिमल्सिना, गण्डकी प्रदेशकी सोनिता अर्याल, लुम्बिनी प्रदेशका दिपक न्यौपाने, कर्णाली प्रदेशका रमेश कुमार पाण्डे र सुदुरपश्चिम प्रदेशका विनोद सिंह विष्टलाई प्रदान गरिएको छ ।
सातैजनाले सम्मानपत्र सहित जनही नगद २५ हजार प्राप्त गरे ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सम्मानपत्र प्रदान गरेका थिए ।
खेलकुद पत्रकारितमा क्रियाशिल रहेर कलम चलाउने पत्रकारलाई मन्त्रालयले हरेक वर्ष पुरस्कृत गर्दै आएको छ ।
खेलकुद मन्त्री गहतराजले पुरस्कारले थप जिम्मेवार समेत बनाउने भएकाले उच्च मनोबल र जिम्मेवारीका साथ पत्रकारितमार्फत खेलकुद विकासमा क्रियाशिल रहन शुभकामना दिएका थिए ।
पत्रकारका तर्फबाट बोल्दै वरिष्ठ खेलकुद पत्रकार हिमेश रत्न बज्राचार्यले पुरस्कारले पत्रकारलाई अझ कर्ममा क्रियाशिल बनाउन मदत गर्ने बताए ।