बुधबार, २७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

ब्यायाम मन्दिरद्वारा खेलकुद पत्रकार सम्मानित

शनिबार, ०३ पौष २०७८खेलपाटी संवाददाता
ब्यायाम मन्दिरद्वारा खेलकुद पत्रकार सम्मानित
Loading ad...
mustang rice ad

काठमाडौं । ब्यायामको सवैभन्दा पुराने संस्था नेपाल ब्यायाम मन्दिरले खेल संचारकर्मीहरुलाई सम्मान गरेको छ ।

आफ्नो २१ औं बार्षिक साधारण सभाको अवसरमा ब्यायाम मन्दिरले बि.बि.सी.का बरिष्ठ खेल पत्रकार निरञ्जन राजबंशी, ग्यालेक्सी जी ४ की खेल पत्रकार सरिता श्रेष्ठ, नेपाल टेलिभिजनका कार्यक्रम निर्माता एवं पत्रकार प्रज्वल शाक्य र राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रसार शाखाका अधिकृत लोकेन्द्र बस्नेतलाई सम्मान गरेको हो ।

ब्यायाम मन्दिरले लामो समय देखि पत्रकारीता मार्फत खेलकुदको विकास र विस्तारमा योगदान गर्नुका साथै आफ्नो लेख तथा कार्यक्रम मार्फत नेपाल ब्यायाम मन्दिर तथा ब्यायाम मन्दिरले आयोजना गर्ने नेपालकै सम्मानित र पुरानो प्रतियोगिता मि. धर्मश्रीको प्रचार प्रसारमा योगदान गरेबापत सम्मान गरेको हो ।

सम्मानित ब्यक्तित्वहरुलाई ब्यायाम मन्दिरले नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो । ब्यायाम मन्दिरले अघिल्लो बर्षदेखि पत्रकारहरुलाई पनि सम्मान गर्ने संस्कारको विकास गरेको छ ।

यस्तै सोहि कार्यक्रममा शारीरिक सुगठन तथा ब्यायाम मन्दिरको बिकास र विस्तारमा लामो समय देखि योगदान पु¥याउँदै आएका संस्थाका पूर्व अध्यक्षहरु घनश्याम मुखिया र सरोज श्रेष्ठलाई लाईभ टाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको हो । उनीहरुलाई नगद ५५ हजार ५ सय ५५ नगद सहित सम्मान पत्रबाट सम्मान गरिएको हो ।

सम्मानित ब्यक्तित्वहरुले आफुले प्राप्त नगद सम्मानको २० प्रतिशत रकम ब्यायाम मन्दिरले स्थापना गरेको अक्षय कोषलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

यलो पगोडामा आयोजना भएको कार्यक्रममा संस्थाले सन्तती सम्मान बाट ब्यायाम मन्दिरका सदस्य रत्न मानन्धरका सुपुत्र साजन मानन्धर र सह कोषाध्यक्ष नरेश पोडेका सुपुत्री नमिता पुजारीलाई पनि नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो ।

यसै गरि साधारण सदस्यहरु मध्येबाट संस्थाका पूर्व अध्यक्ष, मि. नेपाल एवं अन्तराष्ट्रिय निर्णायक उदय बहादुर श्रेष्ठलाई दोसल्ला सहित सम्मान पत्रले सम्मान गरेको हो । यस्तै संस्थाका सचिव हरिश श्रेष्ठ र राम महर्जनलाई नगद २० हजार सहित सम्मान पत्रले सम्मान गरेको हो ।

सम्मानितहरुलाई प्रमुख अतिथी काठमाण्डौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, बिशेष अतिथी राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव, बागमति प्रदेशका माननिय साँसद एवं पूर्व मन्त्री केशव स्थापित, वडा अध्यक्ष चिनियामान बज्राचार्य तथा नेपाल ब्यायाम मन्दिर सल्लाहकार समितिका संयोजक एवं पूर्व मि. नेपाल शिवलाल श्रेष्ठले सम्मान पत्र तथा पुरस्कारले सम्मान गरेका थिए ।

सो अवसरमा बार्षिक साधारण सभाले ब्यायाम मन्दिरको बार्षिक कार्यक्रम, अध्यक्ष नारायण प्रधानद्वारा प्रस्तुत कार्यपत्र, महासचिव सूर्य जोशीद्वारा प्रस्तुत प्रगती बिवरण तथा कोषाध्यक्ष प्रशान्त श्रेष्ठद्वारा प्रस्तुत आयब्ययलाई अनुमोदन गरेको थियो ।

Loading ad...
LiNing Ad
ब्यायाम मन्दिरद्वारा खेलकुद पत्रकार सम्मानित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

अन्यौलमा अल्भारेज

अन्यौलमा अल्भारेज

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

पीएसजी र एस्टन भिल्लाबीच यूईएफए सुपर कप भिडन्त, चर्चामा सोमाली रेफ्री आर्टान

पीएसजी र एस्टन भिल्लाबीच यूईएफए सुपर कप भिडन्त, चर्चामा सोमाली रेफ्री आर्टान