काठमाडौं । नामीले प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।
जोरपाटीको नयाँबस्तीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा भएको फाइनलमा नामीले सूर्योदयलाई ४७–३७ ले पराजित गर्यो ।
नामीका थिलेन पाख्रिन तामाङले २० अंक जोडे । थिलेन नै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, लिम्पियाका प्रिन्सिपल मदन रेग्मी, आयोजक रामेछाप जिल्ला बास्केटबलका अध्यक्ष एवं प्रतियोगिता संयोजक सुनिल योञ्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
पाँचदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।