काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले १० जना खेलकुद पत्रकारलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।
मंसिर २७ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार १० जनालाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो ।
कान्तिपुर दैनिकका हिमेश रत्न बज्राचार्यलाई खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।
त्यसैगरी, कान्तिपुरकै सन्जु पौडेल र ढोरपाट दैनिकका विजयी नेपालीलाई समावेशीतर्फको पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।
प्रदेशगत पत्रकारिता प्रोत्साहन पुरस्कारका लागि प्रदेश नं. १ बाट स्थानीय सन्देश साप्ताहिकका नमिन ढकाल, प्रदेश नं. २ बाट नयाँ पत्रिका दैनिकका बसन्त खतिवडा, बागमती प्रदेशबाट कान्तिपुर दैनिकका कुशल तिमल्सिना, गण्डकीबाट ग्यालेक्सी फो के टेलिभिजनकी सोनिता अर्याल, लुम्बिनी प्रदेशबाट रेडियो नमस्तेका दिपक न्यौपाने, कर्णाली प्रदेशबाट गुराँस खवर डटकमका रमेश कुमार पाण्डे र सुदुरपश्चिम प्रदेशबाट राससका विनोद सिंह विष्टलाई छनोट गरिएको छ ।