काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस)का संस्थापक अध्यक्ष तथा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल एमालेको पोलिटब्युरो सदस्य र अर्का अध्यक्ष रमेश पौडेल केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।
एमालेले आईतबार जिम्मेवारी बाँडफाँटको क्रममा पुरुषोत्तमलाई पोलिटब्युरो र पौडेललाई केन्द्रिय समितिमा समेटिएको हो ।
चितवनमा सम्पन्न एमालेको महाधिवेशनमा पुरुषोत्तम केन्द्रिय सदस्यमा अटाएका थिए । पौडेललाई भने एमाले अध्यक्ष केपी ओलीले सुचिमा राखेका थिएनन् ।
तर एमाले अध्यक्ष ओलीले पौडेललाई आईतबार केन्द्रिय सदस्यमा मनोनित गर्दै पुरुषोत्तमलाई पोलिटब्युरोमा बढुवा गरेका हुन् ।
एमाले विभाजन गरेर माधव नेपाल समुहमा एकिकृत समाजवादी गठन गरेपछि पुरुषोत्तम एमालेमा फर्किएका थिए । उनी नेपाल खेलकुद महासंघको अध्यक्ष थिए ।
पार्टीभित्र अन्तरसंघर्ष चुलिएका बेला पार्टी अध्यक्ष ओली समूहले रमेश पौडेलको नेतृत्वको नेकोस पुर्नगठन गरेको थियो ।
पुरुषोत्तम एमालेमा फर्किएपछि एमालेको खेलकुद महासंघ दुवै अध्यक्ष विद्यमान छन् ।
एमालेले लिल बहादुर थापालाई युवा तथा खेलकुद विभागको इन्चार्ज बनाएको छ । उनी भलिबल संघका पूर्व उपाध्यक्ष हुन् ।
एमालेले आफ्ना सम्पुर्ण भातृ संगठनको अधिवेशन फागुन मसान्तसम्म अनिवार्य सक्न प्रस्ताव गरेको छ ।