काठमाडौं । निलेन्द्रराज श्रेष्ठदेखि मिरा राईसम्मका खेलाडी माओवादीको खेलकुद विभागमा अटाएका छन् ।
माओवादी केन्द्रले ३३ विभागको गठन गरेको छ । जसमा श्रेष्ठदेखि राईलाई समावेश गर्दै ३५ सदस्यीय युवा तथा खेलकुद विभाग गठन गरिएको छ ।
नेपाल ओलम्पिक कमिटीका महासचिव रहेका श्रेष्ठ यसअघि कुनै राजनीतिक दलमा आबद्ध देखिएका थिएनन् ।
श्रेष्ठले समेत आफु माओवादीको संगठित सदस्य नभएको तर खेलकुद विज्ञको रुपमा माओवादी केन्द्रलाई सल्लाह सुझाव दिदै आएको बताए ।
‘कुनै राजनीतिक दलमा आबद्ध छैन । सल्लाहकारको रुपमा सहयोग गर्दै आएको छु ।’ उनले भने ।
माओवादीको युवा तथा खेलकुद विभागको प्रमुखमा गणेशमान पुन छन् । उनी पूर्वमन्त्री हुन् ।
उपप्रमुखमा किरण राई छन् ।
विभागमा माओवादीको अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोईरालादेखि भर्खरै राखेपको बोर्ड सदस्यमा मनोनित अन्जान धमला सदस्यको रुपमा छन् ।
खेलकुद मन्त्री महेश्वर गहतराजका प्रमुख स्वकिय सचिव रहेका नरेन्द्र पाण्डे जेम्स समेत विभागमा छन् । उनी पूर्व जनमुक्ति सेनाका आबद्ध थिए । बाँकेमा रहेर भुगोलको राजनीति गर्दै आएका पाण्डे खेलकुद मन्त्री गहतराज बनेपछि स्वकिय सचिवको रुपमा काम गर्दै आएका छन् ।
कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जेलदेखि पूर्व राखेप सदस्य सचिव युवराज लामा माओवादीको खेलकुद विभागको सदस्य बनेका छन् ।
अल्ट्रा धावक मिरा राई, वाइसीएलका उपाध्यक्ष सुवोध श्रीपाली युवा तथा खेलकुद विभागमा छन् ।
हेर्नुस माओवादीको युवा तथा खेलकुद विभागको नामावली :